मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

आज मुक्तिनाथ विकास बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।  गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १७ दशमलव ५८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले मंसिर २५ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि बैंकले मंसिर १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले मंसिर १४ गतेभित्र शेयर कायम गर्नुपर्ने भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *