नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो । सोमबार पनि सुनको मूल्य तोलामा एक सयले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय कायम गरिएको छ ।
आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १२२० मा कारोबार भएकोमा आज प्रतितोला १२०५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।







