प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीलाई हतियार किन्ने सरकारको कुनै योजना नरहेको स्पष्ट पारेका छन् । केन्द्रीय कार्य समिति बैठकमा नेताहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले हतियार किन्ने योजना नरहेको बताएका हुन् ।
‘हतियार किन्ने त्यो कुरा गलत हो । हतियार खरिद गर्ने सरकारको कुनै योजना छैन’, देउवाको भनाइ थियो । हतियार खरिदका लागि ८४ करोड रूपैयाँ रकमान्तर भएको भन्दै त्यसप्रति प्रमुख विक्षी दललगयतले आपत्ति जनाउँदै आएका छन् ।
Artha Sanjal






