आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ६ सय रुपैयाँ पुगेको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ सय रुपैयाँले नै बढेर तोलाको ९७ हजार १ सय रुपैयाँमा किनबेच भईरहेको छ ।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २०५ रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८३ हजार ६७५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८३ हजार २४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३३ रुपैयाँ कायम गरेको छ ।
Artha Sanjal






