ओलीले भने– ‘इनफ इज इनफ’, अब चाहिँ अत्ति नै भयो

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादाबाहिर गएर लेखेको बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा आफ्ना धारणा राख्दै अध्यक्ष ओलीले त्यसबेला तत्कालीन प्रधानसेनापतिले पत्र लेखेको विषयबारे बोलेका हुन् ।

‘तत्कालीन प्रधानसेनापतिबाट काम भएको छ’, ओलीले भने, ‘यसमा नेपाली सेनाको मैले बाहिर सुन्छु, नेपाली सेना यस्तो चर्चामा आउनुपर्ने पात्र होइन । सेनाले सोझै एम्बेसीलाई पत्र लेख्ने कुरा मर्यादा बाहिर हो। त्यतिखेर प्रधानमन्त्रीलाई अवगत गराइएन । त्यसपछि यो विषय चुपचार रह्यो कसैले चर्चा पनि गरेन ।’

ओलीले ‘इनफ’ भन्दा बढी नै भइसकेपछि यहाँ बोल्न बाध्य भएको बताए । ‘इनफ इज इनफ अब चै अत्ति नै भयो’, उनले भने, ‘मैले केही कुरा स्पष्ट गर्नुपर्ने भएको छ। सरकारले हल्ला, भ्रम फिँजाउने होइन, मन्त्रीहरुले जथाभावी बोल्दै हिँड्ने होइन, यथार्थ के हो, त्यो ल्याउनुप¥यो। एसएसपी कुन समयमा आएको थियो। प्रधानमन्त्रीलाई भन्न चाहन्छु । यस्तो अन्योल जनतालाई दिन पाइदैन राज्यमा बसेकाले झन् गर्नुहुन्न।’
२०७२ भदौ २४ गते नेपाली सेनाले सेप्टेम्बर १०, २०१५, संविधान जारी हुनुभन्दा १० दिनअगाडि रक्षा मन्त्रालयलाई एसपीपीमा सहभागी भएको बारे पत्राचार गरेको थियो । त्यसपछि २०७२ असोज ३ गते नेपालको संविधान जारी भयो । त्यसको ३ दिनपछि २०७२ असोज ३ गते रक्षा मन्त्रालयबाट नेपाली सेनालाई रक्षा मन्त्रालयलाई मनोनित गर्ने गरी एसपीपीमा पत्र लेख्ने निर्णय भएको उनले सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *