चार वटा वाणिज्य बैंकलाई मर्जमा जान राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

नेपाल राष्ट्र बैंकले विभिन्न ४ वटा वाणिज्य बैंकलाई मर्जरको लागि शैदान्तिक स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई एक आपसमा  मर्जमा  जान तथा ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौँ (बिओके) एक आपसमा मर्जमा जानलाई शैदान्तिक स्वीकृति प्रदान गरेको हो।

मेगा बैंक र इन्भेष्टमेन्ट बैंकले जेठ २७ गते मर्जमा जाने सम्झौता गरेका थिए । सम्झौताअनुसार  मर्ज पछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहने छ भने अध्यक्ष र सीइओ इन्भेष्टमेन्ट कै रहने छन् । अन्य संचालक भने दुवै बैंकबाट प्रतिनिधित्व गर्ने छन्  । त्यस्तै १००:९० को स्वापको लागि प्रारम्भिक सहमति भएको छ । मर्जरपछि ढिलोमा ६ महिना भित्र एकिकृत कारोबार हुने गरि काम हुने बताईएको छ । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । १००:९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ।

त्यस्तै ग्लोबल आईएमई बैंक र बिओकेले असार २  गते मर्जमा जाने सम्झौता गरेका थिए । मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट शिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने गरी हाललाई १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ । २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *