हुम्लामा खाद्यसङ्कटः चार दिन हिँडेर चामल खोज्न

चीनसँग जोडिएको नाम्खा गाउँपालिकाका झन्डै ३० जना चार दिन बढी चामल खोज्दै गत शनिवार सदरमुकाम सिमकोट पुगेका थिए।

सदरमुकाममा चामल नपाएपछि उनीहरू फर्किसकेका छन् भने नाम्खा गाउँपालिका ६ का वडाध्यक्ष पाल्जोर तामाङ भने सरकारलाई गुहार्न काठमाडौँ पुगेका छन्।

आफूहरू रहरले नभई बाध्यताले सदरमुकाम हुँदै काठमाडौँ धाउनुपरेको अध्यक्ष तामाङले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *