रावललाई संग्रौलाको जवाफ- संसद मन्त्रीको मुख च्यात्ने थलो होइन

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले संसद मन्त्रीको मुख च्यात्ने थलो नभएको बताएकी छन् ।

आज प्रतिनिधि सभा बैठकमा उनीभन्दा केही समय अघि बोलेका प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद झपटबहादुर रावलले मन्त्रीहरूले सांसदका लेटरप्याड च्यात्ने काम गरेको आरोप लगाउँदै जनताले ती मन्त्रीका मुख च्यात्ने अभिव्यक्ति दिएका थिए ।

‘मैले भर्खरमात्र सुनेँ- केही केही मन्त्री यस्ता छन्, जनताका माग प्रतिपक्षका सांसदहरूले आफ्नो लेटरप्याडमा पठाउँदा प्रतिपक्षको भनेर गैरजिम्मेवार भएर अराजक ढंगले च्यातेको भन्ने आइरहेको छ,’ रावलले भनेका थिए । उनले अर्कोपटक संसदमा बोल्दा कुन मन्त्रीले लेटरप्याड च्यातेको हो भन्ने विस्तृत खुलाउने पनि बताए ।

संग्रौलाले रावलका अभिव्यक्तिप्रति लक्षित गर्दै संसद मन्त्रीको मुख च्यात्ने थलो नभएको बताएकी हुन् ।

‘यो मन्त्रीको मुख च्यात्ने, हात च्यात्ने थलो होइन,’ उनले भनिन्, ‘किसानले मल पाउनुपर्छ भनेर हामी गम्भीर छौं । मन्त्रीबाट जवाफ चाहन्छु ।’

उनले विगतमा एमालेको सरकार हुँदा पनि किसानले मल नपाएको बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *