सिद्धार्थ बैंक लिमिटेडले ऋणपत्र जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले बैंकलाई ४ अर्बको ‘एसबीएल ऋणपत्र २०८९’ निष्कासन अनुमति दिएको हो।
बोर्डबाट अनुमति पाएको बैंकले ४० लाख कित्ता ऋणपत्र जारी गर्ने तयारी गरेको छ। उक्त ऋणपत्र बैंकले अंकित मूल्य प्रति कित्ता १००० रुपैयाँका दरले बिक्री गर्ने भएको हो।
बैंकले १० वर्षका लागि जारी गर्ने लागेको उक्त ऋणपत्रको वार्षिक ब्याजदर १०.७५ प्रतिशत छ।
बैंकले ऋणपत्रमध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ।
२ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ।
ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।
Artha Sanjal






