आजको तरकारीको तथा फलफूल मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले सोमबार सार्वजनिक गरेको फलफूत तथा तरकारीको मूल्यअनुसार हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २२५ रुपैयाँ र अदुवा ५५ रुपैयाँ रहेको छ ।

साथै अनार ३२५ रुपैयाँ, दसहरी र मालदह आँप ९० रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, रातो आलु ४३ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३४ रुपैयाँ ५० पैसा, मुडेको आलु ३७ रुपैयाँ, सेतो आलु ३१ रुपैयाँ, इमली १७० रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, लोकल काक्रो ६५ रुपैयाँ र हाइब्रीड काक्रो ३५ रुपैयाँ रहेको छ ।

यसैगरी कागतीको औसत मूल्य प्रतिकेजी १७५ रुपैयाँ, किवि ५२५ रुपैयाँ, कुरीलो २२५ रुपैयाँ, अकबरे खुर्सानी १७५ रुपैयाँ, बुलेट हरियो खुर्सानी ४५ रुपैयाँ, सुकेको खुर्सानी ३७५ रुपैयाँ, हरियो खुर्सानी ५५ रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, टनेल गोलभेडा ४३ रुपैयाँ, लोकल सानो गोलभेडा ३३ रुपैयाँ, राजमा घिउ सिमी ७५ रुपैयाँ र घिरौला ३५ रुपैयाँ रहेको छ ।

त्यस्तै, चिचिन्डो प्रतिकेजी १७ रुपैयाँ ५० पैसा, कन्य च्याउ २७५ रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, जिरीको साग ९५ रुपैयाँ, हरियो तरबुजा ४५ रुपैयाँ, छडी माछा २४० रुपैयाँ, रहु माछा ३१५ रुपैयाँ, तामा ११५ रुपैयाँ, तितो करेला ३० रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, न्यूरो ७५ रुपैयाँ, परवर ३७ रुपैयाँ ५० पैसा, पुदीना २२५ रुपैयाँ, रायोको साग ५५ रुपैयाँ, सलगम ७५ रुपैयाँ र ज्यापु काउली ६५ रुपैयाँ रहेको समितिले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *