सरकारले पुँजीगत खर्च गर्न सकेन, हालसम्ममा ३६ प्रतिशत मात्रै खर्च

देशको विकासका लागि पूर्वाधारको निर्माणको नाममा अर्थात् पुँजीगत खर्चका लागि लिने गरेका वैदेशिक ऋणबाट उपलव्धिभन्दा पनि ब्याज तिर्न मात्र लिएको साबित हुन थालेको छ ।

हरेक वर्षको बजेटमा पुँजीगत खर्चका लागि विभिन्न योजना अगाडि सार्ने र जनतालाई मख्ख पार्न यो विकास त्यो विकास भने तापनि वास्तवमा ती विकास निर्माणहरू आयोजनामा संलग्न कर्मचारी, राजनीतिक कार्यकर्ता र ठेक्कादारका लागि दुहुनो गाई मात्र बनिरहेको छ ।
विकासको नाममा जनताको आँखामा छारो हान्दै सरकारले वैदेशिक ऋण मात्र लिएको देखिएको छ । गत आर्थिक वर्षमा पनि कुल पुँजीगत खर्चको ६५ प्रतिशत मात्र खर्च गर्न सकेको सरकारले यसपालि भने जेठ मसान्तसम्ममा ३६ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

सरकारले पुँजीगत खर्च गर्न नसक्दा पूर्वाधार निर्माण नभई देश विकासमा पछि पर्ने र बजारमा लगानीयोग्य रकमको अभाव भई मुलुक चलायमान नहुने भए पनि हरेक सरकार विकास खर्च गर्न असक्षम बन्दै आएका छन् ।

विस्तृत समाचार आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *