अधिकांश ठाउँमा जेठको पहिलो साता र असार पहिलो साताबाट रोपाइँ सुरु हुन्छ । केन्द्रका अनुसार चिसो ठाउँ र लेक क्षेत्रमा धान रोप्न थालिएको छ । चाँडै मकै पाक्ने ठाउँमा धान रोपाइँ कार्य पनि चाँडै हुने गर्छ । मर्स्याङ्दी गाउँपालिका-५ घेर्मुका किसानले घेर्मुफाँटमा धान रोप्न सुरु गरेका छन् । लमजुङमै सबैभन्दा पहिले धान रोप्ने कार्य सुरु गरिने ठाउँ भनेर घेर्मुलाई चिनिन्छ ।
चिसो ठाउँ भएकाले र प्रशस्त पानीको सुविधा भएकाले धान रोपाइँ सुरु गरेको स्थानीय बबिता घलेले बताइन् । उनका अनुसार एकसातादेखि धमाधम धान रोपाइँ भइरहेको छ । घेर्मुमा १७ जेठबाट रोपाइँ थालिएको हो । लुमजुङको ठूला-ठूला फाँटहरु राइनासटार, धमिलिकुवाँ, रामचोकबेंसी, भलाखर्क, चक्रतीर्थ, भोर्लेटार, दुईपिप्ले, सोतीपसल, सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायतका स्थानामा मकै पाक्ने ठाउँमा धान रोपाइँ कार्य पनि चाँडै सुरु हुने गर्छ ।
किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या २, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातको धान साथै लोकनाथ, गोरखनाथ, यूएस ३१२, मकवानपुर, वर्षे ३००४, मनसुली लगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा १४ हजार ७८८ हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ । जिल्लाका किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या २, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातको धान साथै लोकनाथ, गोरखनाथ, यूएस ३१२, मकवानपुर, बर्षे ३००४, मनसुली लगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन् ।







