एसियन लाइफले सेयरधनीलाई २७ प्रतिशत लाभांश वितरण

एसियन लाइफ इन्सुरेन्सले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार साँझ बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६र०७७ को नाफा तथा सञ्चित मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दुई प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक बिमा समिति र आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन् । यस कम्पनीले मंगलबार नै चालु आर्थिक वर्षको वित्तीय विवरणसमेत सार्वजनिक गरेको छ । कम्पनीको हाल चुक्ता पुँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ । सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पुँजी दुई अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *