बानेश्वर प्रदर्शनमा प्रहरीसँग दोहोरो झडप

नेकपा (एमाले)को भातृ संगठन युवा संगठन युवा संघको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीसँग दोहोरो झडप भएको छ ।

नयाँ बानेश्वरमा युवा संघका कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रर्दशनकारीले सवारी साधन रोक्ने र साँचो खोस्ने काम गरेपछि विवाद भएको हो ।

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले प्रर्दशन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *