ठमाडौंको फर्पिङस्थित जंगलमा एक जोडी मृत फेला परेका छन् । सोमबार बिहान फेला परेका मृतकको सनाखत हुन सकेको छैन । काठमाडौंका प्रहरी प्रमुख वसन्त बहादुर कुँवरले अन्दाजी २२÷२३ वर्ष उमेरका युवा–युवती मृत भेटिएको जानकारी दिए ।
उनका अनुसार घटनास्थल नजिकै औषधिको बट्टा पनि फेला परेको छ । तर उनीहरुको मृत्युको कारण खुलेको छैन । यद्यपि, मृत फेला परेका युवक र युवतीको शव नजिकबाट प्रहरीले विषादीको बट्टा समेत बरामद गरेको छ । घटनास्थलमा अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानका लागि पुगेको छ ।




