सुदूरपश्चिमको विकासका लागि सरकारले दुई महत्वपूर्ण परियोजना अघि सारेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले हालसम्म सुदूरपश्चिममा चाहेजत्ति विकास नभएको स्वीकार्दै अब भने सुदूरपश्चिमको विकासले फड्को मार्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित सुदूरपश्चिममाञ्चल सरोकार मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमको विकासका लागि दुई महत्वपूर्ण परियोजना सरकारले अघि सारेको बताए ।

देउवाले पश्चिम सेती र महाकालीमा सुख्खा बन्दरगाह निर्माणको कार्य अघि सारिएको जानकारी दिए । ‘सुदूरपश्चिममा सुख्खा बन्दरगाह बनाउने सहमति भएको छ। यो सुख्खा बन्दरगाह बनाउन सके सिधै बम्बैसँग सम्बन्ध हुनेछ,’ उनले भने, ‘यसले यो क्षेत्रको तीव्र विकास पनि हुनसक्छ।’

यस्तै उनले सुदूरपश्चिम देशको छुट्टै पहिचान र परिचय भएको प्रदेश भएको बताए । यसलाई उपेक्षा गर्न नमिल्ने प्रधानमन्त्री देउवाको भनाइ थियो । उनले लगानीकर्तालाई सुरक्षा दिन सकेमा सुदूरपश्चिम प्रदेशको विकास छिट्टै हुने दावी गरे। पहिलोपटक आफू काठमाडौ आउँदा निकै विकट रहेको तर, अहिले मोटरबाटोसहित विकास भएकाले सहज भएको उनको भनाइ छ।

उनले अहिले पनि सुदूरपश्चिमका जनता गरिबीका कारण भारतको बम्बैलगायतका सहरमा जान बाध्य भएकाले यसलाई रोक्नुपर्ने बताए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *