थुनुवा हतकडीसहित फरार, खोजीकार्यका लागि प्रहरी टोली परिचालन

इलाका प्रहरी कार्यालय सुखड कैलालीको एक थुनुवा कैदी हतकडीसहित फरार भएका छन् । जेठ १८ गते मेडिकलका लागि सुखडको घोडाघोडी अस्पतालबाट फर्कने क्रममा घोडाघोडी २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन् ।

जेठ १४ जेठ घोडाघोडी २ साडेपानीका कृष्ण पाण्डेय र प्रकाश शाहलाई लागुऔषधको मुद्दामा पक्राउ गरी थुनामा राखेको थियो । दुवैजनालाई मेडिकल जाँचका गरी स्थानीय घोडाघोडी अस्पतालबाट फर्कने क्रममा पाण्डेय फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) वेद जोशीले जानकारी दिए ।

दुवैलाई जेठ १८ गते पेटको समस्या भएको भन्दै उनीहरूलाई मेडिकलका लागि लगिएको थियो । फरार भएका थुनुवालाई खोजीका लागि जिल्ला र इलाकाको टोली खटिएको प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *