बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको निवेदन उच्च अदालत पोखरामा आज (बिहीबार) सुनुवाइ हुँदै छ। शाहको निवेदन न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासको सुरुमै पेशी तोकिएको छ।
यसअघि पटक पटक सुनुवाइ सरे पनि आज सुनुवाइको तयारी भएको पल शाहका वकिल कमला मोहन वाग्लेले जानकारी दिए। यसअघि गत साता पनि पेशी तोकिएको थियो। न्यायाधीश ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा तोकिएको पेशी शाहकै कानुन व्यवसायीले स्थगित गराएका थिए।
Artha Sanjal






