स्थानीय तह निर्वाचन सकियो भनेर थकाइ मार्ने छुट कसैलाई छैन :राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचन सकियो भनेर थकाइ मार्ने छुट नभएको बताएका छन् । प्रदेश र संघको निर्वाचनको तयारीमा जुट्न उनले पार्टीका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा गणितको हिसाबले राप्रपाले उल्लेख्य संख्यामा जित्न नसके पनि नेपालको राजनीतिमा राप्रपा नयाँ शक्तिको रुपमा उदय भएको सन्देश दिन सफल भएको उनले बताए ।

आइतबार काठमाडौंमा  पार्टी स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश र संघको निर्वाचन सम्मुखमा रहेकाले त्यसको तयारीमा जुट्नुपर्ने बताएका हुन् ।

‘आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हाम्रो सम्मुखमा छ । हाम्रा कुनै पनि नेता, कुनै पनि कार्यकर्ता साथीहरुलाई निर्वाचन सकियो भनेर थकाइ मार्ने सुविधा र छुट छैन । भोलि नै निर्वाचन छ भन्ने ठानेर आफ्नो मिहिनेत बढाउन सबै नेता, कार्यकर्ता साथीहरुलाई आह्वान गर्न चाहन्छु ।’लिङ्देनले भने

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *