विमान बेपत्ता अपडेट : पाइलटको मोबाइलमा रिङ गयो, ट्रयाक गरिँदै

पोखराबाट मुस्ताङ उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य जारी राखिएको छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सम्पर्कविहीन जहाज खोजीका लागि हेलिकप्टर परिचालन गरिएको बताए।

‘फिस्टेलको हेलिकप्टरबाट खोजी जारी राखेका छौं। पोखराबाट नेपाली सेनाको हेलिकप्टर पनि मुस्ताङतर्फ आउँदैछ। अहिले मौसम केही सफा भएको छ,’ शर्माले भने, ‘पाइलट प्रभाकर घिमिरेको मोबाइलमा फोन गएको हुनाले उक्त मोबाइल ट्याक गरेर त्यो लोकेसनमा खोजी गर्दैछौं।’

प्रजिअ शर्माका अनुसार धौलागिरि हिमाल रेन्ज आसपासका क्षेत्रमा खोजी कार्य जारी राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *