पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (9-N-AIT) कल साइनको ट्विनअटर विमान खोजीको लागि टोली मुस्ताङको घाँसा केन्द्रित भएका छन् ।
स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो ।
१३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना सवार विमान लेतेमा ठोक्किएको हो ।
हेलिकोप्टरमा प्रहरी टोली र विमानस्थलका कर्मचारीहरु खोजीमा गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका इन्सपेक्टर राजकुमार तामाङले बताए । मौसमका कारण खोजी कार्यमा समस्या भएको उनले बताए ।







