नेकपा एमालेकी सांसद शान्ता चौधरीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापामाथि कटाक्ष गरेकी छन् ।प्रतिनिधिसभाको बैठकमा थापाले बोलेको अभिव्यक्तिलाई लक्षित गर्दै चौधरीले गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान आफूलाई भएको बताएकी छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबारको संसद बैठकमा कुर्सीमा बसेर रोष्ट्रममा झण्डै ३ घन्टा सम्बोधन गरेका थिए। स्वास्थ्यवस्था प्रतिकुल भएको भन्दै उनले कुर्सीमा बसेर सम्बोधन गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटासँग अनुमति पनि लिएका थिए।
त्यसप्रति कटाक्ष गर्दै थापाले रन्थनिएको बेलामा जसरी बोलेपनि हुने बताएका थिए। थापालाई जवाफ दिँदै चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छन्, ‘माननीय गगनजी तपाईंलाई म सम्मान गर्छु, तपाईंप्रति जनताले ठूलो आशा र भरोसा राखेका छन् । तर तपाईं आज प्रतिपक्षी नेताको स्वास्थ्यमा समस्या आएपछि बसेर बोलेको कुरालाई नकारात्मक ढंगले संसदमा विरोधाभास ढङ्गले बोल्दा तपाईंमा पनि गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो।’







