नेपाल संस्कृत विश्वविद्यालयमा एक महिनादेखि ताला

नेपाल संस्कृत विश्वविद्यालय दाङमा विभिन्न माग राख्दै १९ वैशाखमा नेविसंघले लगाएको ताला अझै खुलेको छैन । नेविसंघले दीक्षान्त समारोह हुनुपर्ने, पाठ्यक्रम परिमार्जन हुनुपर्ने लगायतको माग राखेर ताला लगाएको थियो ।

विश्वविद्यालयको मुख्य प्रवेशद्वारमा नै तालाबन्दी लगाउँदा स्नातकोत्तर तहको पठनपाठन ठप्प हुनुको साथै विद्यावारिधि तहको सर्टिफिकेट दिन समस्या भएको विश्वविद्यालयले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *