ठूला कम्पनीको अझै सकिएन आन्तरिक अडिट, चार कम्पनीले मात्रै पाए समितिबाट पूर्व स्वीकृति

नेपालमा सञ्चालित अधिकांश ठूला कम्पनीहरुले संस्थागत सुशासन कायम गर्न असफल देखिएका छन् । ठूला र देशकै नम्वर एक भनेर दावी गर्ने बीमा कम्पनीहरुले अहिलेसम्म गत आन्तरिक अडिट अहिलेसम्म सम्पन्न गरेका छैनन् ।

आर्थिक वर्ष सकिएको तीन महिनामा आन्तरिक अडिट सम्पन्न गरी अपरिस्कृत वित्तीय विवरण बीमा समितिमा पेश गरी एक्चुरियल भ्यालुएशन (ल्याट– लायविलिटी एडिक्वेन्सी टेष्ट) का लागि पूर्व स्वीकृति प्राप्त गर्नुपर्ने कानुनी व्यवस्था छ ।

बीमा समितिबाट हालसम्म जम्मा चार निर्जिवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण तयार पारेर ल्याटका लागि स्वीकृति लिएका छन् । बाँकी १६ वटा निर्जिवन बीमा कम्पनीहरुले अपरिस्कृत वित्तीय विवरण नै तयार पार्न सकेका छैनन् भने १९ वटा जीवन बीमा कम्पनीहरु पनि अपरिस्कृत वित्तीय विवरण बीमा समितिमा पेश गरेर एक्चुरियल भ्यालुएशनको लागि पूर्व स्वीकृत लिन ढिलाई गरिरहेका छन् ।

बीमा समितिका सबैभन्दा पहिले एनएलजी इन्स्योरेन्सले यस्तो स्वीकृति लिएको थियो । यही बीचमा प्रिमियर इन्स्योरेन्स, अजोड इन्स्योरेनस र सानिमा जनरल इन्स्योरेन्सको पनि आन्तरिक अडिट सकिएर बीमा समितिमा पेश भई ल्याटको लागि पूर्व स्वीकृति लिइसकेका छन् ।

हाल संचालनमा रहेका २० कम्पनीमध्ये १५ वटा कम्पनीले अपरिष्कृत वित्तीय विवरण तयार पारेको जनाइएको छ । यद्यपि बीमा समितिबाट भने पूर्व स्वीकृति पाईसकेको छैनन् । एक्चुरियल मूल्याङ्कन, एनएफआरएस अनुसारको पूर्ण वित्तीय विवरण तयार पारेपछि मात्रै निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७७र७८ को लाभांश घोषणा गर्न पाउनेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *