धरानमा एक युवकको हत्या, सेउतीको बगरमा भेटियो शव

सुनसरीको धरानमा एक युवकको हत्या भएको छ । बिहीबार बिहान साढे ५ बजे धरान उपमहानगरपालिका ५ तल्लो देउराली सुन्दर बस्ती नजिकै सेउती खोलाको बगरमा करिव ३२ वर्षीय पुरुषको शव फेला परेको हो ।

आर्य जातीको जस्तो देखिने पुरुषको सनाखत हुन सकेको छैन । खोलाको बगरमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक डाक्टर तथा नेपाल प्रहरी प्रदेश कार्यालय धरान डग शाखाबाट विशेषज्ञ कुकुर सहितको टोली घटनास्थल गएर अनुसन्धान गरेको छ ।

मृतकको घाँटी काटिएको छ । टाउको, ढाड लगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको छ । उनले सेतो र कालो रंग मिसिएको ज्याकेट लगाएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *