प्रहरीले स्रोत नखुलेको नगदसहित एक जनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ९ लाख ५० हजार रूपैयाँ सहित भारत बिहार बेतिया ग्रामपंचायत गुर्वलिया कचहरियाटोला थाना मनुवापुल बस्ने ४२ वर्षीय संजय रामलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ८६२७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक रामलाई उक्त श्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो । यसबारे अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।







