कुशल भुर्तेलको विस्फोटक ब्याटिङ, २७ बलमै अर्धशतक

काठमाडौं । पोखरा एभेन्जर्सका कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आक्रामक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका छन्। उनले काठमाडौं गोर्खाजविरुद्ध मात्र २७ बलमा अर्धशतक पूरा गरेका हुन्। यो जारी सिजनमा उनको दोस्रो अर्धशतक हो।

भुर्तेलको आक्रामक ब्याटिङसँगै पोखराले खेलमा पुनरागमन गर्दै काठमाडौंमाथि दबाब बढाएको छ। शीर्ष दुईमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रिएको काठमाडौंलाई भुर्तेलको ब्याटिङले चुनौती थपेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *