हिमालयन डिस्टिलरीको नाफा १३८ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो २१ करोड ५० लाख

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २१ करोड ४९ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३८ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ९ करोड २ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस वर्ष कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको हो ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा वस्तु तथा सेवा बिक्रीबाट १ अर्ब ७६ करोड २८ लाख ६३ हजार रुपैयाँ कुल आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ७ करोड ५७ लाख ८८ हजार रुपैयाँ थियो ।

कम्पनीको चुक्तापुँजी ३ अर्ब ६८ करोड ८० लाख रुपैयाँ रहेको छ । यस्तै, सञ्चिति तथा बचतमा १ अर्ब ७५ करोड १३ लाख ६१ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २३ रुपैयाँ ३२ पैसा कायम भएको छ । त्यसैगरी, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ५६.१४ गुणा, प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ४९ पैसा र तरलता अनुपात ६.३६ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *