काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धसतक प्रेरित सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो पटक प्लेअफमा प्रबेश गरेको छ । शुक्रबार कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२६ रनको लक्ष्य दिएको थियो । प्रत्युतरमा काठमाडौं २० ओभरमा ७ विकेट गुमाउदा ११८ रनमा रोकिएयो ।
यस अघि लुम्बिनि पनि प्लेअफमा पुगिसकेको छ । लक्ष्य पछ्याएको काठमाडौंको लागि रसिद खानले सर्वाधिक ३५ रन बनाए । यसअघि पहिलो इनिङ्समा कप्तान दीपेन्द्रले सर्वाधिक ६० रन बनाए । उनले ५५ बलमा ५ चौका र २ छक्का हिर्काए । थरिन्दु रत्नायकेले अविजित २६ र आरिफ शेखले १६ रन योगदान गरे ।
जारी एनपीएलमा दीपेन्द्रको यो दोस्रो अर्धशतक हो । उनले यसअघि पोखरा एभेन्जर्स विरुद्ध अविजित ५१ रन बनाएका थिए । उनी दुई अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि काठमान्डुका रासिद खानले पनि दुई अर्धशतक प्रहार गरिसकेका छन् ।
दीपेन्द्रले पाँचौ विकेटका लागि आरिफ शेखसँग ५४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । आरिफले २५ बल खेल्दै १ चौका मदतमा १६ रन बनाए । दीपेन्द्रले थरिन्दु रत्नायकेसँग छैटौं विकेटका लागि पनि ५४ रनको साझेदारी गरे ।
काठमान्डुका लागि पाकिस्तानका जहानदाद खानले ४ ओभरमा १ मेडन राख्दै २२ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए ।




