काठमाडौं । हालसम्म दुईवटा फाइनान्स कम्पनीले आर्थिक वर्ष २०८३/८४ का लागि लाभांश घोषणा गरेका छन्। लाभांश घोषणा गर्नेमा मञ्जुश्री फाइनान्स र आईसीएफसी फाइनान्स रहेका छन्।
मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमा १५ प्रतिशत नगद लाभांश (करसहित) र ४ प्रतिशत बोनस शेयर रहेको छ। कम्पनीले साधारणसभा समेत सम्पन्न गरिसकेको छ।
त्यस्तै, आईसीएफसी फाइनान्सले हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांशमा कर प्रयोजनार्थ रकमसमेत समावेश छ। कम्पनीले पनि साधारणसभा सम्पन्न गरिसकेको छ।




