बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ करोबार?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै,चाँदीको मूल्य प्रतितोला तीन हजार ८५५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *