काठमाडौं महानगरपालिकाको २७ वटा वडाको मतगणना सकिएको छ । वडा नम्बर एकदेखि १२ सम्म तथा १८ देखि ३२ सम्मको मत गणना सकिएको छ ।
अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ वडाको मत गणना जारी छ ।
१ लाख ७१ हजार ८०२ मतगणना हुँदा बालेनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ३ सय ७१ मत पाएकी छन् । उनी बालेनभन्दा २० हजार ३ सय ७६ मतान्तरले पछाडि छन् । साढे १९ हजार मतगणना मात्र बाँकी रहेको अवस्थामा अब बालेनको विजय रोक्न सम्भव देखिएको छैन ।
तेस्रो स्थानमा एमालेका केशव स्थापितले ३४ हजार ६ सय २६ मत पाएका छन् ।

Artha Sanjal






