काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा सरकारले ७ देखि ८ अर्ब रुपैयाँ अनुदान प्राप्त गर्नसमेत कठिन हुने अवस्था रहेको बताएका छन् । उनले वैदेशिक अनुदानमा कमी आउन थालेको भन्दै अब सहुलियतपूर्ण ऋणमा निर्भर हुनुपर्ने अवस्था आएको बताएका हुन् ।
रसुवा बाढीबाट भएको क्षति तथा राहत र उद्धारका सम्बन्धमा गठित संसदीय विशेष समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
‘हामीले एक दिनमा उठाउने राजस्व पनि विदेशीले वर्षभरि दिने अनुदान कम हुन थालिसक्यो, अब सहुलियतपूर्ण ऋणको विकल्प छैन’ उनले भने ।
चालु आर्थिक वर्षका लागि सरकारले ६१ अर्ब ७४ करोड रुपैयाँ बराबरको अनुदान सहयोग प्राप्त गर्ने अनुमान गरेको थियो । बजेट आएको पाँच महिनापछि उनले अनुमानित रकमको १० प्रतिशत हाराहारीमा मात्रै अनुदान आउने प्रक्षेपण गरेका हुन् ।




