काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
कम्पनीले आज कात्तिक १९ गते १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा उक्त आईपीओ जारी गर्नेछ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
कम्पनीले भेटेरिनरी सम्बन्धी औषधिहरूको अनुसन्धान तथा पशुपन्छीका लागि आहारपूरक सप्लिमेन्ट उत्पादन तथा बिक्रीवितरण गरिरहेको छ।




