पूर्वमुख्यमन्त्री बानियाँका छोरा बैंकिङ कसुरमा पक्राउ

काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा दीक्षान्त बानियाँ बैंकिङ कसुरको आरोपमा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई सोमबार रुपन्देहीको भैरहवाबाट पक्राउ गरेको हो।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ निवासी दीक्षान्तलाई सीआईबीको टोलीले सिद्धार्थनगर नगरपालिका–४ बाट नियन्त्रणमा लिएको जनाएको छ। उनीविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको छ।

नेपाल राष्ट्र बैंकको पत्रसहित प्राप्त जाहेरीका आधारमा नेपाल सरकार वादी र दीक्षान्त बानियाँ प्रतिवादी रहेको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटन, हरिहरभवनबाट पक्राउ अनुमति लिइएको थियो।

अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि सीआईबीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका बानियाँलाई अदालतबाट चार दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।

सीआईबीका अनुसार उनीमाथि बैंकिङ कसुरसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *