कालंगा हाइड्रोको नाफा ७५ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा ६ करोड ७३ लाख कमायो

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ७४.९८ प्रतिशतले बढाएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्म ६ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ३ करोड ८४ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि बढेको छ । पहिलो त्रैमासमा कम्पनीले १६ करोड ४७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १५ करोड ९६ लाख रुपैयाँ थियो ।

त्यस्तै, कम्पनीको कुल नाफा ११ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कुल नाफा ११ करोड २६ लाख रुपैयाँ थियो । यस अवधिमा परियोजना सम्पत्तिको ह्रासकट्टी तथा परिशोधन खर्च ४ करोड ७ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।

पहिलो त्रैमाससम्म कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ पुगेको छ । सञ्चित कोषमा ९ करोड ३३ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८१ पैसा र वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८८ पैसा छ । प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ६७ पैसा रहेको कम्पनीको सेयरको बजार मूल्य ४९७ रुपैयाँ छ । यसको मूल्य आम्दानी अनुपात १०३.३१ गुणा रहेको छ ।

कम्पनीको कुल सम्पत्ति ४ अर्ब ३२ करोड ६१ लाख रुपैयाँ पुगेको छ । वित्तीय विवरणअनुसार दीर्घकालीन कर्जा २ अर्ब ७७ करोड ७२ लाख रुपैयाँ र चालु दायित्व ५ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *