एनएमबि बैंकको खुद नाफा २७.११ प्रतिशतले बढेर १ अर्ब १६ करोड माथि पुग्यो

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १.१६ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको ९१ करोड ६० लाख रुपैयाँको तुलनामा २७.११ प्रतिशतको वृद्धि हो।

यससँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएस) २५.४२ प्रतिशतले बढेर २३.८३ रुपैयाँ पुगेको छ। बैंकका सेयरधनीहरूलाई बाँड्न मिल्ने नाफामा पनि सुधार भएको छ। वार्षिकीकरण गरिएको प्रतिसेयर वितरणयोग्य नाफा ४३.८८ प्रतिशतले बढेर ११.६४ रुपैयाँ पुगेको छ।

यस अवधिमा बैंकको कर्जा र निक्षेप दुवै बढेको छ। कुल कर्जा ८ अर्ब ९ करोड रुपैयाँले बढेर २ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। कुल निक्षेप ६ अर्ब ३ करोड रुपैयाँले बढेर ३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। बैंकको कुल कर्जा वृद्धिदर बैंकिङ उद्योगको औसत वृद्धिदरभन्दा माथि रहेको छ।

खराब कर्जाको अनुपात अघिल्लो त्रैमासको ४.९७ प्रतिशतबाट घटेर ४.९२ प्रतिशतमा झरेको छ। यसले कर्जाको गुणस्तरमा सुधार आएको देखाउँछ। बैंकको सञ्चालन नाफा २६.१७ प्रतिशतले बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।

सम्भावित नोक्सानी व्यवस्थापन खर्च (इम्पियरमेन्ट चार्ज) २९.६६ प्रतिशतले घटेर ५० करोड २१ लाख ८० हजार रुपैयाँमा झरेको छ। बैंकको पुँजी कोष अनुपात १२.५३ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *