एनआईसी एशिया बैंकका ७ शाखा कार्यालय समायोजन हुँदै

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न जिल्लामा सञ्चालनमा रहेका सातवटा शाखा कार्यालय समायोजन गर्ने भएको छ। बैंकले २०८३ साल माघ १८  गतेदेखि लागू हुने गरी शाखा समायोजन गर्न लागेको हो।

बैंकले सार्वजनिक गरेको सूचनाअनुसार बागमती, लुम्बिनी र कोशी प्रदेशका काठमाडौं, भक्तपुर, रुपन्देही र झापामा रहेका शाखा कार्यालय समायोजन गरिनेछन्।

समायोजनअन्तर्गत काठमाडौंको ठूलो भ¥याङ शाखा स्वयम्भू शाखामा र ट्याङ्लाफाँट शाखा कीर्तिपुर शाखामा गाभिनेछन्। भक्तपुरको बोडे शाखा पुरानो ठिमी शाखामा समायोजन हुनेछ।

त्यस्तै, रुपन्देहीको राममन्दिर बुटवल शाखा बुटवल शाखामा, देवीनगर शाखा राजमार्ग चौराहा शाखामा र देवकोटा चोक शाखा भैरहवा शाखामा समायोजन गरिनेछ। झापाको फाल्गुनन्द चोक शाखा भने दमक शाखामा गाभिने बैंकले जनाएको छ।

शाखा समायोजनपछि ग्राहकले सम्बन्धित समायोजित शाखाबाट बैंकिङ सेवा लिन सक्नेछन्। समायोजन हुने शाखामा रहेका ग्राहकका व्यक्तिगत विवरणसहितका कागजात आवश्यक प्रक्रिया पूरा गरी स्थानान्तरण गरिने बैंकले सूचनामार्फत जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *