काठमाडौं । ग्लोबल आईएमई बैंकले प्रणाली मर्मतसम्भार तथा सुरक्षा सुधारका लागि आफ्नो ‘डिजिटल युनिभर्स’ सेवा केही समयका लागि बन्द गर्ने भएको छ। बैंकले ग्राहकको तथ्यांक तथा प्रणालीको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक मर्मतसम्भार गर्न लागेको जनाएको छ।
बैंकले सूचना जारी गर्दै मर्मतसम्भार कार्यका क्रममा डिजिटल युनिभर्स सेवा अस्थायी रूपमा उपलब्ध नहुने जानकारी दिएको हो। सम्बन्धित कार्य सम्पन्न भएपछि सेवा यथाशीघ्र पुनः सञ्चालनमा ल्याइने बैंकले जनाएको छ।
सेवा बन्द हुँदा ग्राहकलाई पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना गर्दै सहयोगका लागि अनुरोध गरेको छ।





