काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक २१.३२ अंकले बढेर २६२१.२६ को विन्दुमा बन्द भएको छ।
आज ३५४ कम्पनीको १ करोड १६ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १३ करोड माथिको शेयर कारोबार भएको हो । आज १८८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८० कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
हिजोको तुलनामा आज कारोबार रकम बढेको हो । आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको २६ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको २१ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको १२ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले १३.२१ प्रतिशतका दरले कमाएका छन् । नेपाल एसबिआई बैंक डिबेञ्चरका इकाईधनीले ८.१८ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्तका लगानीकर्ताले ४.९५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सगरमाथा जलविद्युतका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.३२ प्रतिशतका दरले गुमाएका हुन् ।





