कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पेशागत (विषय विज्ञ) तर्फ डा. केदार नरसिंह केसीले अग्रता लिएका छन्।

३०२१ मतगणना हुँदा डा. केसीले १३८३ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका प्रा.डा. जगदीशचन्द्र पोखरेलले ११३१ मत पाएका छन्।

त्यस्तै, डा. प्रदीप मिश्रले ७०२, वरिष्ठ अधिवक्ता सीताराम केसीले ६५१, डा. नहकुल केसीले ५८०, केशव निरौलाले ५४५, शिवशंकर रिजाल (जोगिन्दर) ले ५३८ र सीए पदम भट्टराईले ५३० मत प्राप्त गरेका छन्।

यसैगरी, अधिवक्ता कलमबहादुर खत्रीले ४९१, भरतराज ढकालले ४७५, प्रकाश कटुवालले ४४२, इन्जिनियर मनोज घिमिरेले ४३०, इन्जिनियर धनेन्द्र केसीले ३८६ र इन्जिनियर दीपेन्द्र क्षेत्रीले ३६७ मत पाएका छन्।

अधिवक्ता कासिनाथ चुडालले २६५, इन्जिनियर दिलीपकुमार झाले २६१, समिरजंग शाहले २३८, गोपालप्रसाद पोखरेलले २३६, लक्ष्मीकिशोर सुवेदीले २०६, इन्जिनियर शुभास अधिकारीले २०१ र विज्ञान प्रसाईंले १९८ मत प्राप्त गरेका छन्।

त्यस्तै, धर्मानन्द जोशीले १८७, मोहन लम्सालले १८२, शिव लम्सालले १७८, इन्जिनियर विनोदकुमार यादवले १७३, इन्जिनियर सुदर्शन शर्माले १६०, ज्यानेन्द्र झाले १५२, डा. विनायक पण्डितले १४४ र डा. शिवचन्द्र शाहीले १३८ मत पाएका छन्।

इन्जिनियर यमकृष्ण पौडेलले १३४, शत्रुघ्नप्रसाद गुप्ताले १२८, हरिबहादुर कार्कीले १२३, रमेशकुमार वखतीले ७६, विश्वदीप लामिछाने र रामकृष्ण पोखरेलले समान ६८ तथा सुशीलप्रसाद फुँयालले ६५ मत प्राप्त गरेका छन्।

यस समूहबाट पाँच जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *