नेपाल–भारत उडानमा निश्चित मोडलका पावर बैंक बोक्न प्रतिबन्ध

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पावर बैंक बोक्न राेक लगाएकाे छ । नेपाल एयरलाइन्सले नेपाल र भारतबीच यात्रा गर्ने यात्रुहरूका लागि निश्चित मोडलको पावर बैंक ल्याउन तथा लैजान प्रतिबन्ध लगाएको हो ।

भारतको नागरिक उड्डयन महानिर्देशनालयको सर्कुलर अनुसार (MOBIKING MK-PB-04) मोडलको पावर बैंक लैजान रोक लगाइएको हो ।

भारतभित्र, भारतबाट वा भारततर्फ सञ्चालन हुने सम्पूर्ण उडानहरूमा यो पावर बैंक बोक्न पूर्ण रूपमा प्रतिबन्धित गरिएको निगमले जनाएको छ ।

यसै नियमलाई ध्यानमा राख्दै नेपालबाट भारत र भारतबाट नेपालतर्फ हवाई यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई यात्रा गर्दा पावर बैंक साथमा नबोक्न नेपाल वायुसेवा निगमले आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *