काठमाडौं । आज पनि शेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ४.१२ अंकले बढेर २५९९.९३ को विन्दुमा बन्द भएको छ ।
आज ३५१ कम्पनीको १ करोड ३५ लाख ५३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड माथिको शेयर कारोबार भएको छ । आज १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ । आज यसको ३६ करोड ४७ लाख रुपैयााको शेयर कारोबार भएको छ । आउन्टेन इनर्जीको २५ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको २५ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सगरमाथा जलविद्युतका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १२.४४ प्रतिशतका दरले कमाएका हुन् । नेपाल लाइफ समृद्धि लगानी योजनाका इकाईधनीले ४.६२ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया ग्रोथ फन्ड २ का इकाईधनीले ४ .५७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै स्नो रिभर्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन् ।





