खसेको भन्दा बढि मतपत्र भेटिएपछि रौतहटमा विवाद

खसेको भन्दा ४१ वटा मतपत्र बढी भेटिएपछि रौतहटको फतुवा विजयपुर नगरपालिकामा मतगणना स्थलमा विवाद भएको छ । मतगणना जारी रहेको वडा नम्बर ३ को आधारभूत विद्यालय मेवाको ‘क’ र ‘ख’ बुथमा कुल १ हजार ५७६ मत खसेकोमा ४१ वटा बढी मत पाइएको नेकपा (एमाले) का नगर प्रमुखका उम्मेदवार विजय यादवले बताए ।

यसरी खसेको भन्दा बढि मतपत्र पाइएपछि नेपाली कांग्रेस बाहेकका राजनितिक दलहरु सो वार्डमा धाधँली भएको भन्दै पुनः मतदानको माग गर्दै विरोधमा उत्रिएका छन् । सर्वदलिय बैठकमा खसेको भन्दा ५–१० वटा बढि मतपत्र भेटिए मान्य हुने सहमति भएपनि ४१ वटा बढि भेटिएकाले सो वार्डमा धाँधली भएको प्रष्ट भएकोले पुनः निर्वाचन हुनुपर्ने उनको माग राखेका छन् ।

अहिले सो केन्द्रमा नेपाली कांग्रेस बाहेकका दलहरु सो वार्डमा पुनः मतदान हुनुपर्ने माग राख्दै आन्दोलित भएका छन् । सो मतदान केन्द्र वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *