विश्व लगानीकर्ता सप्ताह-२०२६ को अवसरमा आरबीबी मर्चेन्ट बैंकिङ्गद्धारा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम आयोजना

काठमाडाैं । धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्वन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिबृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले वित्तीय शिक्षा अभिबृद्धि गर्ने हेतुले विश्व लगानीकर्ता सप्ताह–२०२६ असोज १९ गते देखि २५ गते सम्म देशभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाईदैछ ।

यही अवसरमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले २०८३ साल असोज २१ गते इन्जिनियरिङ्ग अध्ययन संस्थान, थापाथली क्याम्पस, थापाथली, काठमाडौंमा स्नातक तहमा अध्यनरत विद्यार्थीहरु प्राध्यापकहरु तथा कर्मचारीको लागि वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरि सफलतापूर्वक सम्पन्न गरेको । उक्त सचेतनामूलक कार्यक्रममा कलेजका प्राध्यापक, कर्मचारी लगायत अध्यनरत विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल, बरिष्ठ प्रबन्धक अजय घिमिरे र सहायक प्रबन्धक सृजना बाँस्कोटाले कार्यक्रम संचालन गरेका थिए ।

साथै, छलफलमा उठेका प्रश्नहरुको जवाफ आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रतिनिधीहले दिएका थिए । विश्व लगानीकर्ता सप्ताह–२०२६ को अवसरमा आयोजित यस कार्यक्रममा इन्भेस्टर रिजिलियन्स डिजिटल डिसेप्सन तथा स्क्याम अलर्ट सम्बन्धी विस्तृत छलफल गरिनुका साथै मर्चेन्ट बैकिङ्गका कार्यहरुको बारेमा जानकारी गराईएको थियो ।

यस कार्यक्रमले पूँजीबजार तथा शेयर लगानी सम्बन्धी शिक्षा अभिबृद्धि गर्नेछ र सहभागीहरुले डिजिटल स्क्याम सम्बन्धि ज्ञान हासिल गरि लाभान्वित भएको भन्ने विश्वास गरिएको छ । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतीशत् लगानीमा स्थापित संस्था हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *