काठमाडौं । आज साताको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ११.९५ अंकले बढेर २५७८ को विन्दुमा बन्द भएको छ ।
आज ३५९ कम्पनीको ८९ लाख ५५ हजार २३० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १३ करोड माथिको शेयर कारोबार भएको छ । आज १६९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मूल्य घटेको छ । आज १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ९१ लाख रुपेयाँको शेयर कारोबार भएको छ । लिबर्टीै इनर्जीको १३ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखाको ९ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.११ प्रतिशतका दरले कमाएका हुन् । सालपा विकास बैंकका लगानीकर्ताले ३.७७ प्रतिशतका दरले कमाएका छन् । हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले ३.६५ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४.९४ प्रतिशतका दरले गुमाएका हुन् ।




