कामना सेवा विकास बैंकको रेटिङ स्तरोन्नति

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडको क्रेडिट रेटिङ स्तरोन्नति भएको छ। केयर रेटिङ्स नेपालले बैंकलाई यसअघि प्रदान गरेको इस्युअर रेटिङ ‘केयर-एनपी डबल बी प्लस (आइएस)’ लाई बढाएर नयाँ रेटिङ ‘केयर-एनपी ट्रिपल बी माइनस (आइएस)’ प्रदान गरेको हो।

रेटिङ एजेन्सीको परिभाषा अनुसार ‘केयर-एनपी ट्रिपल बी माइनस (आइएस)’ रेटिङ प्राप्त गर्ने संस्थाहरूलाई वित्तीय दायित्वको समयमै भुक्तानी गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षा प्रदान गर्ने तथा मध्यम स्तरको क्रेडिट जोखिम बहन गर्ने संस्थाका रूपमा लिइन्छ।

बैंकको पूँजीकोषमा भएको सुदृढीकरण, कर्जाको गुणस्तर व्यवस्थापनमा देखिएको सुधार, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन टोली, मुनाफामा देखिएको सुधार, व्यवसाय वृद्धि, निक्षेप संरचनामा सुधार, सुदृढ तरलता एवं बजार हिस्सा लगायतका पक्षहरूलाई आधार मानी रेटिङ एजेन्सीले उक्त स्तरोन्नति गरेको हो।

प्रदान गरिएको रेटिङको पूर्ण परिभाषा केयर रेटिङ्स नेपालको वेबसाइट www.careratingsnepal.com मा उपलब्ध छ । साथै उक्त रेटिङ Kamana_Sewa_Bikas_Bank_Limited_-_Issuer_Rating_Revised.pdf बाट समेत हेर्न सकिनेछ ।

यो रेटिङ स्तरोन्नतिले बैंकप्रति निक्षेपकर्ता, ऋणी, शेयरधनी, लगानीकर्ता, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाहरूको विश्वास थप सुदृढ हुनुका साथै बैंकको वित्तीय सबलता तथा असल संस्थागत सुशासनप्रतिको प्रतिबद्धतालाई पुष्टि गरेको छ ।

साथै, यसले बैंकलाई प्रतिस्पर्धी लागतमा स्रोत परिचालन गर्न, संस्थागत निक्षेप तथा व्यावसायिक साझेदारी विस्तार गर्न समेत थप सहयोग पुग्ने बैंकको विश्वास रहेको छ ।

बैंकले “फ्युचर रेडी” अवधारणा अनुरूप सुरक्षित, जिम्मेवार, प्रविधिमैत्री तथा दिगो बैंकिङ अभ्यासमार्फत दीर्घकालीन संस्थागत सुदृढीकरण र व्यवसाय विस्तारमा जोड दिँदै आएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *