हिमालयन बुलियन र सगरमाथा लुम्बिनी इन्स्योरेन्सबीच सम्झौता, ग्राहकलाई १० लाखसम्मको दुर्घटना बिमा

काठमाडौँ । विगत २५ वर्षदेखि निरन्तर गरगहना सम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरूको सुरक्षा र लगानीको जिम्मेवारीलाई ध्यानमा राख्दै नयाँ बिमा सुविधा ल्याएको छ।

कम्पनीले हरेक तहका ग्राहकहरूको सुरक्षा सुनिश्चित गर्न तीन फरक तहको मेम्बरसिप प्रोग्राम वर्गीकरण गरेको छ। जसअनुसार सिल्भर, गोल्ड र डाइमन्ड मेम्बरसिप प्राप्त गर्ने ग्राहकहरूका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) सँग एक्सिडेन्टल इन्स्योरेन्स (दुर्घटना बिमा) गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ।

आउँदै गरेको बडादशैँको घटस्थापनाका दिनदेखि लागू हुने गरी गरिएको यो सम्झौता अनुसार सिल्भर मेम्बरसिप प्राप्त ग्राहकले १ लाख रुपैयाँसम्मको एक्सिडेन्टल इन्स्योरेन्स सुविधा पाउनेछन्। त्यसैगरी गोल्ड मेम्बरसिप अन्तर्गत ५ लाख रुपैयाँ र डाइमन्ड मेम्बरसिप अन्तर्गत १० लाख रुपैयाँसम्मको एक्सिडेन्टल इन्स्योरेन्स उपलब्ध गराइनेछ।

हिमालयन बुलियनले ग्राहकहरूको सुरक्षा र हितलाई सदैव पहिलो प्राथमिकतामा राख्दै आएकाले यस पटकको पर्व लक्षित गरी सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँग यो महत्वपूर्ण साझेदारी गरिएको जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *