हिम्लुङ हिमाल बेसक्याम्पमा हिमपहिरो, उद्धार टोली घटनास्थलतर्फ 

मनाङ । हिमाली जिल्ला मनाङस्थित हिम्लुङ हिमालको बेसक्याम्पमा हिमपहिरो खसेको छ ।

नेपाल प्रहरीका अनुसार बेसक्याम्प क्षेत्रमा हिमपहिरो गएको खबर प्राप्त हुनासाथ तत्काल उद्धार टोली घटनास्थलतर्फ पठाइएको छ । भौगोलिक विकटता तथा प्रतिकूल मौसमकाबीच उद्धार कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

हिमपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको छ । घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *