सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा १० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला तीन लाख तीन हजार ९०० रुपैयाँ खरिदबिक्री भएको छ। आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार २०० रुपैयाँ खरिदबिक्री भएको थियो।

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला चार हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार चाँदी प्रतितोला चार हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *